काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त सदस्यद्वय चिन्तामणि शिवाकोटी र डा शङ्करप्रसाद आचार्यले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रमका बीच कायममुकायम प्रधानन्यायाधीश कार्कीले उहाँहरूलाई शपथ गराएका हुन् ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०८ ९१० मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ । मन्त्रिपरिषद्को यही जेठ ६ गतेको निर्णयानुसार शिवाकोटी र आचार्य बैंक सञ्चालक समितिको सदस्यमा नियुक्त भएका थिए । शिवाकोटी बैंकका पूर्वडेपुटी गभर्नर र आचार्य पूर्वकार्यकारी निर्देशक हुन् ।
शिवाकोटीले त्रिभुवन विश्वविद्यालय र संयुक्तराज्य अमेरिकास्थित साउथर्न न्यू ह्याम्सायर विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर र आचार्यले युनिभर्सिटी अफ नर्थ बङ्गाल, भारतबाट अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका छन् । ऐनको दफा १७ मा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई मन्त्रिपरिषद्ले बैंकको सञ्चालकमा नियुक्त गर्ने प्रावधान छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ जेठ २०७९, १९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकले सुनका असर्फी यसपालि सर्वसाधारणलाई बिक्री नगर्ने
राष्ट्र बैंकले तीन अर्ब ३० करोड लगानी गर्ने
राष्ट्र बैंकले सुन आयातको कोटा बढायो
राष्ट्र बैंकले गर्यो दुई मनिचेन्जर कम्पनीको लाइसेन्स रद्द
नेपाल राष्ट्र बैंकद्वारा दुई मनि चेन्जरको इजाजतपत्र रद्द
राष्ट्र बैंकले वित्तीय प्रणालीबाट २० अर्ब खिच्दै