पीएसजीले जापान भ्रमण गर्ने

सफल खबर संवाददाता

विहीबार, १२ जेठ २०७९, १७ : २८
पीएसजीले जापान भ्रमण गर्ने

काठमाडौं । फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ड जर्मेन (पीएसजी)ले एसियाली मुलुक जापान भ्रमण गर्ने भएको छ । बिहीबार क्लबले समरमा जापान भ्रमण गर्ने बताएको हो ।पीएसजीले आफ्नो पहिलो टिम नै जापान भ्रमण गर्ने बताएको छ ।

उसले २०२२–२३ सिजन अघि आफ्ना फ्यानसँग भेट गर्न भ्रमण हुने जानकारी गराएको छ ।  पीएसजीले आफ्नो पहिलो टिमका स्टार खेलाडी लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पे सहित सर्जियो रामोस र मार्किन्होस टिमसँगै रहने संकेत गरेको छ । 

यस सिजन क्लबले ३८ खेलमा ८६ अंक जोड्दै फ्रेन्च लिगको उपाधि जितेको थियो । यद्यपि क्लब च्याम्पियन्स लिगमा भने सेमिफाइनलाबाटै बाहिरियो । 

प्रतिक्रिया दिनुहोस