काठमाडौं । विदेश पठाई दिन्छु भनि २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टोखा नगरपालिका–८ बस्ने चितवन भरतपुर महानगरपालिका–९ वसन्त चोक घर भएका २७ वर्षीय सुजनराज पाण्डे रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई मंगलबार काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो । पाण्डेले हंगेरीको लागि नक्कली भिषा निकाली पीडितबाट २५ लाख रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
टिपिकल क्लोथिङ एण्ड क्राफ्ट स्टोर नामक व्यवसायिक कम्पनी दर्ता गर्न लगाई यूरोपको जुनसुकै देशमा गएर ब्यपार व्यवसाय गर्न मिल्ने भिषा लगाई दिने प्रलोभन पाण्डेले पीडितहरुलाई दिएको भनाई प्रहरीको छ ।
उनीलाई ठगी कसूर अन्तर्गत थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ जेठ २०७९, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान
कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ