काठमाडौं। नेपाली काँगेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो विषय नभएको भन्दै आवेगको आधारमा निर्णय नगर्न मतदातालाई आग्रह गर्नुभएको छ ।
मंगलवार मोरङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले चुनावी प्रतिष्पर्धालाई मर्यादित बनाउन समेत सबै दलहरुलाई आग्रह गर्नुभयो । चुनावमा जाँदा विपक्षी दलमाथि गाली–गलौज नगरी शान्त र सभ्य ढंगले अघि बढ्नुपर्ने उहाँको धारणा छ । उहाँले कतिपय राजनीतिक दलहरुले चुनावलाई युद्धसँग तुलना गर्ने गरेको उल्लेख गर्दै त्यस्तो मानसिकताले मुलुकको भलो हुन नसक्ने टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘चुनावमा जाँदै गर्दा विपक्षीलाई गाली नगरिकन जानुपर्छ । चुनाव भनेको युद्धको मैदान होइन । कतिपयहरुले हामी युद्धमा छौँ भन्नुहुन्छ । यहाँ आवेगको कुरा छ, झोकको कुरा छ, रिसको कुरा छ, देखाउँला भन्ने कुरा छ । विगतमा फलाना फलानालाई हेरियो यो पालि अर्कोलाई भन्ने कुरा छ । के चुनाव हेर्ने कुरा हो ? चारदिन देखि लौकाको तरकारी खाइयो कति खानु भनेर घिरौलाको तरकारी खानु हो ? देश जिम्मा लगाउने कुरा भनेको स्वाद फेरेजस्तो कुरा होइन । विगतमा कसले के भूमिका कसरी निर्वाह गरेको छ ? मुलुकलाई विगतको कुन कालखण्डमा कसले सम्हाल्ने काम गरेको छ ? यो कुरालाई मतदाताले हेर्नुपर्छ ।’
शर्माले इतिहासका विभिन्न कालखण्डमा मुलुकलाई कसले सम्हाल्यो भन्ने कुराको हेक्का राखेर मात्र मतदानको निर्णय गर्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ फागुन २०८२, १८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधवार फेरी बस्ने
नेपाललाई सुधार चाहिएको छ, सुधारको ग्यारेन्टी लिएर हामी उभिएका छौँः गगन थापा
विनोद चौधरीले सार्वजनिक गरे तीन वर्षे प्रतिबद्धताको ‘रिपोर्ट कार्ड’
ओली र बालेनलक्षित काँग्रेस उपसभापति शर्माको टिप्पणीः दुवैबाट देश चल्न सक्दैन