सिरहा । नेकपा एमालेका पूर्व समानुपातिक सांसद जानकी देवी राम नेकपा एमाले परित्याग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेकी छन् ।
२ फागुनमा एमाले त्यागेको घोषणा गरेकी रामलाई आज सिरहा क्षेत्र नं.-३ का उम्मेदवार तथा पार्टीका केन्द्रीय कमिटी सदस्य विश्वनाथ साहले नेकपामा स्वागत गरेका हुन् ।
उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दलित समुदायको कोटाबाट समानुपातिक सांसद बनेकी थिइन्। संसद्मा रहँदा उनले समावेशीता, सामाजिक न्याय र अधिकार सुनिश्चितताका विषय उठाउँदै आएकी थिइन्।
एमालेभित्र बढ्दो स्वेच्छाचारिता, व्यक्तिवादी कार्यशैली रहेको उनको आरोप छ । सुधारका लागि बारम्बार रचनात्मक आवाज उठाउँदा पनि नेतृत्व तहबाट कुनै सुनुवाइ नभएपछि पार्टी छाड्नु परेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ फागुन २०८२, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत