काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज सर्लाही निर्वाचन क्षेत्र नं. ४ मा चुनावी प्रचारप्रसारका लागि जाने भएका छन् ।
सो क्षेत्रमा उम्मेदवार अमरेश कुमार सिंहको पक्षमा जनसम्पर्क तथा ‘घण्टी अभिवादन’ कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ। सोही क्षेत्रबाट कांग्रेसका सभापति गगन कुमार थापा पनि उम्मेदवार छन् । थापा र सिंहबिच नै प्रमुख प्रतिस्पर्धा हुने ठानिएको उक्त क्षेत्रमा लामिछाने अमरेशको पक्षमा चुनावी प्रचारका लागि जान लागेका हुन् ।
सिंहका अनुसार क्षेत्र नं. ४ का विभिन्न बजार क्षेत्रमा नेता लामिछानेले मतदातासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। यस क्रममा उनले पार्टीको चुनाव चिह्न ‘घण्टी’को प्रचार गर्दै मतदातासँग संवाद गर्नेछन्।
निर्धारित कार्यक्रमअनुसार गोडैता बजारमा ३:२० बजे, बलरा बजारमा ३:३५ बजे, सिसौट बजारमा ३:५५ बजे, धनकौल बजारमा ४:०५ बजे र बरहथवा बजारमा ४:१५ बजे जनसम्पर्क कार्यक्रम राखिएको सिंहले बताए ।सर्लाही–४ मा चुनावी गतिविधि तीव्र बन्दै गइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ फागुन २०८२, ०९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सडक यात्रा सुरक्षित बनाउन विगतका सरकारले चासो दिएनन्, हामी गम्भीर छौँ’ : रवि लामिछाने
भ्रष्टाचारीहरूमाथि कारबाही गर्न खोज्दा मलाई दुख दिइयो : रवि लामिछाने
रवि लामिछानेको दाबी : ‘गरिबको बस्तीमा होइन, भ्रष्टाचारीको महलमा डोजर चलाउँछौँ’
घेराबन्दी र दबाबका बीच पनि नझुकेको रवि लामिछानेको दाबी
फागुन २१ को चुनाव देशले जित्ने चुनाव हो : रवि लामिछाने
रुपन्देहीमा रवि लामिछाने, आज कहाँ–कहाँ गर्दैछन् चुनावी कार्यक्रम ?