बारा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत धान जोन कार्यक्रममा सहभागी भएर चैते धानखेती गरेका ठोरीका किसानको धानमा दाना नलाग्दा किसानहरू चिन्तामा परेका छन् ।
५० प्रतिशत अनुदानमा बीउ सुविधा र अन्य यान्त्रीकरणको सुविधा प्राप्त गरेर धानखेती गरेका ठोरी गाउँपालिका– ३ का अधिकांश किसानको खेतको धानमा बाला पसाए पनि दाना लागेको छैन ।
धान जोनअन्तर्गत करिब ११० बिघा र अन्य किसानले व्यक्तिगतरूपमा रोपेको धानमा बाला लागे पनि दाना नलागेर त्यसै सुक्न थालेपछि किसान चिन्तित भएका छन् ।
धान जोन कार्यक्रममार्फत ५० प्रतिशत अनुदानमा उपलब्ध भएको हर्दिनाथ–१ प्रजातिको धान लगाएका किसानको खेतमा नै बाला सुक्न थालेपछि लगानी र मेहनत दुवै खेर जान लागेको ठोरी–३ का नवनिर्वाचित अध्यक्ष शम्भु खड्काले बताए ।
ठोरी–३ मा सिंचाइको उपलब्धता र धानखेती धेरै हुने भएकोले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत धान जोन कार्यक्रम लागू गरिएको छ ।
यस्तै, धान जोनमा सहभागी नभएका अन्य किसानहरूले समेत धानखेती गर्ने गरेका छन् । ठोरी–३ मा मात्र यस वर्ष करीब तीन सय बिघाभन्दा धेरै क्षेत्रफलमा लगाइएको चैते धानमा दाना नलागेको स्थानीय अगुवा ठाकुरप्रसाद न्यौपानेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ जेठ २०७९, १० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले अनुदान दिन थालेपछि बढ्यो धान उत्पादन
बारामा एक वर्षमा दुई लाख ७१ हजार मेट्रिक टन धान उत्पादन
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
झापाका किसान धान खेत मासेर केराखेतीतर्फ आकर्षित
चोरीपैठारी गरेको आठ लाखको धान बरामद
पर्सामा धान उत्पादन घट्यो