काठमाडौं । महिला नेताहरूदेखि अधिकारकर्मीहरूसम्मले बलात्कारसम्बन्धी मुद्दामा हदम्याद हटाउन सरकारलाई दबाब दिइरहेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पनि हदम्याद हटाएर हिंसापीडित महिलालाई न्याय दिलाउन चाहेको बुधबार बताइसकेका छन् । हदम्याद हटाउन मुलुकी अपराध संहिता– २०७४ मा जबर्जस्ती करणी ९बलात्कार० सम्बन्धी परिच्छेदका दफाहरूमा संशोधन गर्नुपर्छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संशोधन प्रक्रिया थालेको छैन ।
हदम्याद हटाउनै परे मन्त्रालयले संशोधनका लागि मस्यौदा तयार गरेर मन्त्रिपरिषद् बैठकमा पेस गर्नुपर्ने र मन्त्रिपरिषद् बैठकले संसद्मा पेस गर्न स्वीकृति दिनुपर्ने प्रक्रियागत प्रावधान छ । संसद्को दुवै समितिमा छलफलपछि पारित संशोधन पारित हुँदा राष्ट्रपतिबाट प्रमाणीकरण भएको अवस्थामा हदम्याद हट्ने महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मी बताउँछन् ।
उनले बलात्कारसम्बन्धी दफाहरू २१९, २२०, २२१ र २२२ मा संशोधन आवश्यक हुने बताए । आठ वर्षअघि भएको भनिएको एउटा बलात्कारसम्बन्धी घटनाका पीडितलाई न्याय दिलाउन सन्दर्भमा हदम्याद हटाउनुपर्ने आवाज उठेको हो ।
तर, यसअघि नायक पल शाह प्रकरणमा भने बलात्कार भएको भनिएको दुई वर्षपछि प्रहरीमा उजुरी पर्दा हदम्याद नाघिसकेको भन्दै उजुरीमाथि कतिपयले प्रश्न उठाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ जेठ २०७९, ०९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बलात्कार आरोपमा एक युवक पक्राउ
बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षका पुरुष पक्राउ
छोरीलाई बलात्कार गरेर भिडिओ बनाउने बुवा पक्राउ
हाेटलमा बाेलाएर बलात्कार गरेको भन्दै प्रहरी जवानविरुद्ध जाहेरी, आत्महत्याको प्रयास गरेकाे दावी
बलात्कार आरोपमा हेटौंडाबाट ७ जना किशोर पकाउ
बलात्कार आरोपमा एकीकृत समाजवादीका नेता पक्राउ