काठमाडौं । लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ ।
पराजित लखनउ बाहिरिएको छ । अब बैंगलोरले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग खेल्नेछ । राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित भएको थियो । गुजरात फाइनल पुगिसकेको छ ।
बुधबार राति भएको एलिमिनेटरमा बैंगलोरले दिएको २०८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १९३ रनमा समेटियो ।लखनउका कप्तान केएल राहुलले सर्वाधिक ७९ रन बनाए । बैंगलोरका जोश हाजलउडले ३ विकेट लिए ।
त्यसअघि कोलकत्तामा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २०७ रनको योगफल तयार पारेको थियो । बैंगलोरका लागि रजत पटीदरले अविजित ११२ रन बनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ जेठ २०७९, ०७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आरसीबीले जित्यो पहिलोपटक आईपीएलको उपाधि
आईपीएल फाइनलमा आज पञ्जाब र आरसिबी भिड्दै
आईपीएलः दोस्रो क्वालिफायरमा आज पन्जाब र मुम्बई भिड्दै
आईपीएल: गुजरातलाई पराजित गर्दै मुम्बई दोस्रो क्वालिफायरमा प्रवेश
पन्जाबलाई हराउँदै बैंग्लोर आईपीएलको फाइनलमा
आईपीएल: पहिलो क्वालिफायरमा पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्ने