काठमाडौं । सरकारले सबल अर्थतन्त्र निर्माणका लागि उद्योग क्षेत्रको नेतृत्वदायी भूमिका स्थापित गर्ने लक्ष्य लिएको छ ।त्यसका लागि उद्योगमैत्री र व्यवसायीमैत्री वातावरणको आधार तयार गर्ने सरकारले नीति लिने भएको छ ।
निजी क्षेत्रलाई उत्पादनमुलक उद्योग स्थापना र सञ्चालन गर्न प्रोत्साहित पनि गर्ने सरकारले जनाएको छ । कृषि, वन तथा खानी क्षेत्रका उत्पादनलाई औधोगिक प्रशोधन शृङ्खलासँग जोड्दै एकीकृत नमूना कार्यक्रम सञ्चालन गरिने आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छिन् ।
उनले ऊर्जा दक्षतासँगै नवीकरणीय ऊर्जाको उपयोगबाट हरित अर्थतन्त्रको विकास गर्न औधोगिक प्रबद्र्धन गर्ने पनि बताइन् । उनका अनुसार सरकारले तुलनात्मक लाभ भएको उत्पादनशील क्षेत्रहरूमा आन्तरिक तथा वैदेशिक लगानीमा वृद्धि, साना तथा मझौला उद्योगलाई नवप्रबद्र्धन गर्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० जेठ २०७९, १७ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजीका जायज माग वार्ता र संवादबाट समाधान खोजौं: विद्यादेवी भण्डारी
संसद् निरीह भयो, दलहरूमा समस्या छ : पूर्वराष्ट्रपति भण्डारी
एमालेको हितमा लाग्छु, मलाई गुट चलाउन आउँदैन: विद्यादेवी भण्डारी
पूर्व राष्ट्रपति भण्डारीसँग माधव नेपालको भेट
‘गाईजात्रा पर्व सांस्कृतिक विविधता र राष्ट्रिय एकताको प्रतिविम्ब’ : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता