सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोटबाट २ सय ३७ केजी अवैध लागूऔषध गाँजा सहित ६ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा लालबन्दी नगरपालिका–१३ पत्थरकोट बस्ने ३८ वर्षीय कान्छा मान थिङ, उनकै छोरा १९ वर्षीय बिशाल थिङ र १८ वर्षीय किशोर, सोही नगरपालिका–१४ मोटर दोभान बस्ने २१ वर्षीय राज बम्जन, सोही नगरपालिका–१३ बस्ने १७ वर्षीय किशोर र सोही नगरपालिका–१३ बस्ने २० वर्षीय सुनिल दोङ रहेका छन् ।
बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले कान्छा मानको घर तलासी गर्दा उक्त गाँजा भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० जेठ २०७९, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान
कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ
चितवनमा खैरो हेरोइनसहित पाँच जना पक्राउ
राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँच जना पक्राउ
शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ
चितवनमा मानव बेचबिखनको आरोपमा रेष्टुरेन्ट संचालक पक्राउ