नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्यो,असोज अन्तिम साता हुने

सफल खबर संवाददाता

मंगलबार, १० जेठ २०७९, १४ : ५९
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्यो,असोज अन्तिम साता हुने

काठमाडौं  । गण्डकी प्रदेशमा हुने तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी अभावका कारण सरेको छ । 

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङ, उपाध्यक्ष शिव कोइरालाको उपस्थितिमा भएकाे कार्यक्रमले मिति सरेको जनाएको हो ।

नवौं खेलकुद प्रतियाेगिता २२ देखि २८ जेठमा हुने पूर्व निर्धारित तालिका थियाे ।  नंया मिति २८ असोजदेखि ३ कार्तिकका लागि तोकिएको छ । युवा तथा खेलकुद मन्त्री गहतराजले वर्षा समय र दसैं तिहार नछेकिने गरि मिति तय गरेको जनाए । 

प्रतिक्रिया दिनुहोस