पुनः मेयरमा ‘कम ब्याक’ लगत्तै रेनु दाहालको प्रतिक्रिया : ‘स्थानिय तहमा यो अन्तिम कार्यकाल हो, जनताको मनोविज्ञान बुझेर काम गर्छु’

सफल खबर संवाददाता

मंगलबार, १० जेठ २०७९, ११ : ०९
पुनः मेयरमा ‘कम ब्याक’ लगत्तै रेनु दाहालको प्रतिक्रिया : ‘स्थानिय तहमा यो अन्तिम कार्यकाल हो, जनताको मनोविज्ञान बुझेर काम गर्छु’

प्रवीण कुमार
चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदमा पुनः निर्वाचित भएपछि रेनु दाहालले यो कार्यकाल आफ्नो स्थानिय तहको अन्तिम कार्यकाल रहेको भन्दै जनताको मनोविज्ञान बुझेर काम गर्ने बताएकी छिन् । 

मतगणना स्थलमा निर्वाचित भएपछि संचारकर्मीलाई प्रतिक्रिया दिदैं मेयर दाहालले देशकै ध्यान यो महानगरमा रहेकाले आफु जित्नु सुखद भएपनि जनताको भावना बुझेर काम गर्ने बताईन् । अबको ५ वर्ष मेरो लागि स्थानिय तहको अन्तिम कार्यकाल हुनेछ, उनले भनिन,स्थानिय सरकार भनेको राजनिति गर्ने ठाँउ हैन, विकास निर्माण गर्ने हो, त्यतै तर्फ लाग्छु । उनले पालिकामा मेयर, उपमेयर जुन पदमा जितेपछि जनताका लागि काम गर्ने हो, त्यसमा राजनिति कसैले गर्न नहुनेमा जोड दिईन् । 

पहिलो पटकको कार्यकालमा महानगरमा आफुले गरेको पहिलो निर्णय अहिले धेरै पालिकाहरुले शुरु गरेकाले त्यो जनताबाट अनुमोदित भएको उनले बताईन् । ५ दलिय गठबन्धन शान्ति र सम्झौताको लागि भएकाले यो लामो समय सम्म जाने बताउदैं उनले यो भत्कीहाल्ने, टुटिहाल्ने जस्तो केही पनि नहुने दाबी गरिन् ।  

चुनाव अघि सार्वजनिक गरेको प्रतिबद्धता अनुरुप नै आफु अबको ५ वर्ष उही गतिमा काम गर्ने उनले दोहो¥याईन् । ‘महानगर भित्र पुरा गर्न बाँकी योजना, आयोजनाहरु यो कार्यकाल भित्रै सम्पन्न गर्ने तर्फ विशेष ध्यान दिन्छु’, उनले भनिन् । 

भरतपुरलाई स्मार्ट सिटी बनाउने अवधारणा अनुसार केही कामहरु अगाडी बढेपनि पुर्ण नभएकाले त्यसमा बढी फोकस हुने उनले बताईन् । भरतपुरमा मुख्य गरेर रोजगारीको समस्या विकराल भएको भन्दै त्यसको समाधान तर्फ पनि यो ५ वर्ष कार्यकालमा विशेष ध्यान दिने उनको भनाई थियो ।

भरतपुरमा खसेको १ लाख २७ हजार ५०८ मतमा दाहालले ५२ हजार ३० मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ३९ हजार ५८१ मत मात्र पाए । दाहालले १२ हजार ४४९ मतान्तरले एमाले र राप्रपाका साझा उम्मेदवार सुवेदीलाई पराजित गरेकी हुन् । यस्तै गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत पाएका छन् ।

यस्तै उपमेयरमा गठबन्धनबाट काँग्रेसका अधिकारीले ५२ हजार ८०३ मतसहित विजयी भएका छन् । उनले राप्रपाकी हिमला गुरुङलाई २२ हजार १९१ मतान्तरले पराजित गरेका छन् । एमाले र राप्रपाकी साझा उम्मेदवार गुरुङलाई ३० हजार १९१ मत मात्र आएको छ । 
 

प्रतिक्रिया दिनुहोस