पिता ‘प्रचण्ड’को ‘ट्याग’ ले मात्रै पुनः निर्वाचित भएकी हुन त भरतपुर महानगरमा रेनु दाहाल ? (एक विश्लेषण)

सफल खबर संवाददाता

मंगलबार, १० जेठ २०७९, ०८ : ४८
पिता ‘प्रचण्ड’को ‘ट्याग’ ले मात्रै पुनः निर्वाचित भएकी हुन त भरतपुर महानगरमा रेनु दाहाल ? (एक विश्लेषण)

प्रवाीण कुमार / प्रकाश सिग्देल
चितवन । देशभरि नै सर्वाधिक चासोका साथ हेरिएको भरतपुर महानगरको मेयरमा  अन्तत पुनः रेनु दाहाल नै निर्वाचित भएकी छिन् । चुनाव अघि सम्म विभिन्न अड्कलबाजी र बजारहल्लाले चितवनको चुनावी माहोल निकै तताएको थियो । तर, अहिले मतगणना सम्पन्न भएसंगै विजयोत्सव मनाउदैं गर्दा ५ वर्ष अगाडी र पछाडीलाई नियाल्ने हो भने रेनु नगर भित्र झनै लोकप्रिय भएकी छिन् ।

किनकी यसअघि झिनो मतान्तरले विजयी भएकी उनी यसपटक निकै ठुलो मतान्तरले निर्वाचित भएकी हुन् । यसरी निर्वाचित हुनुमा के उनी पिता प्रचण्डको ‘टया्ग’ बाट मात्र सफल भएकी हुन् त मतदाता भन्छन : उनको विकास निर्माण प्रतिको मोह, समृद्ध र सुखी नगर बनाउन उनले वितेको ५ वर्षमा गरेका कार्यहरु नै मुख्य भएकाले जनलहर उनको पक्षमा गएको छ । आँउदो ५ वर्षमा उनले प्रतिबद्धता गरे अनुरुप महानगरलाई धेरै गर्नुपर्ने चुनौती भने झनै थपिएको छ । 

एक विश्लेषण 
‘मलाई आजभोलि रेनुको बा भनेर चिन्न थालेका छन् ’ एक  कार्यक्रममा प्रचण्डले रेनु दाहालले भरतपुरको विकास निर्माणमा गरेको उच्च योगदानको प्रसंसा गर्दै भनेका थिए । उनले भने जस्तै, अहिले रेनु दाहाल प्रचण्ड पुत्री मात्रै नभई भरतपुरमा नगर प्रमुख भएर गरेको विकास निर्माणको काम र दुरदर्शी भिजनले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छिन् । दाहालले गएको ५ वर्षमा भरतपुरमा गरेको बिकास दिर्घकालिन योजनाका कारण उनि महानगरबासीको लागी प्रचण्ड पुत्रि मात्रै नभई आफ्नो छुट्टै छाप छाड्न सफल भएकी हुन् ।

गठबन्धनको साझा उमेदवारका रुपमा चुनावी मैदानमा होमिएकी दाहाल गठबन्धनको मात्रै नभई सबै दलको साझा उम्मेदवार भएको भरतपुर महानगरबासीले गरेको मतदानबाट  प्रष्ट बनाएको छ ।  दाहाल गत चुनावमा झिनो अन्तरले निर्वाचित भएपनि ५ वर्ष पछि  बलियो जनाधार बनाउन सफल भएकी छिन् । उनले महानगरमा गरेको विकास र दुरदर्शी भिजनकै कारण यसवर्ष उनी १२ हजार भन्दा बढी मतान्तरले निर्वाचित भएकी हुन् ।  यसो हेर्दा, माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी भनेर चिनिएता पनि नेतृ दाहालको आफ्नै राजनीतिक र सामाजिक यात्रा छ । राजनितिक जिवनमा सफल हुनुमा प्रचण्डको योगदान त हुने नै भयो, तर महत्वपुर्ण पक्ष भने उनको कार्यकुशलता, लगनसिलतार र ईमान्दारिता पनि हो ।

दाहालले भरतपुरमा खसेको १ लाख २७ हजार ५६५ मत मध्ये ५२ हजार ३० मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्धन्दी एमालेका बिजय सुबेदीले ३९ हजार ५८१ मतमै चित्त बुझाउन बाध्य भए । नवनिर्वाचित दाहालले सुवेदी भन्दा १२ हजार ४४९ बढि मत प्राप्त गर्न सफल भएकी हुन् । यसबाट पनि प्रमाणित हुन्छकी रेनुले गएको ५ वर्षमा भरतपुर महानगरबासीमाझ निकै लोकप्रिय सावित भएकी छिन् । यो अर्थमा कि, उनले बितको ५ वर्षमा महानगरलाई समृद्ध बनाउन गरेको पहल नै विजय हुनुको रहस्य हो । भरतपुरका लागी रेनु अ प्रचण्ड पुत्री मात्रै नभई बिकासको लागी स्वर्णिम समयको जनअनुमोदित सम्बृद्धि र सुसासनको एक सन्जिबनी ब्राण्ड हो भन्दा पनि फरक नपर्ला । 

‘दाहालको जिवनी’
२०३३ असार २३ गते चितवनको भरतपुर  वडा नं. १४ भिमसेनगरमा जन्मिएकी दाहाल जनयुद्धको कारण बुवाआमासँगै घर छाड्न पर्दा एसएलसी भन्दा माथिल्लो अध्ययन गर्ने अवसर भने पाईनन्। युद्धकालिन समयमा बुवा प्रचण्ड र आमा सितासँगै देशभित्रै तथा प्रवासमा विभिन्न स्थानमा पुगेकी रेनु प्रचण्ड  रिबारकी दोस्रो सन्तानका रुपमा जन्मिएकी हुन् । युद्धकै समयमा प्रवास भारतमै रहदा गुल्मीका अनिल कुमार पाठकसँग विवाह गरेकी उनको ६ जनाको परिवार छ ।  सासु, ससुरा, श्रीमान एवं एक छोरा र छोरी उनको परिवारमा छन्।  नेपाली, हिन्दी र अंग्रेजी भाषामा दख्खल राख्ने नवनिर्वाचित मेयर दाहाल राजनीतिक तथा थुप्रै सामाजिक संघसंस्थामा आवद्ध छ्न् । युद्धकालिन समयमा भारतका विभिन्न प्रान्तमा सेक्रेटरीको भुमिका निर्वाह गरेकी दाहाल माओबादी केन्द्रको केन्द्रीय  सदस्य हुन् । 

२०६१ देखि ०६३ सम्म रोल्पाको पार्टी सेक्रेटरी समेत भएकी थिईन्। शशस्त्र युद्ध, शान्ति सम्झौता पछि निर्वाचन मार्फत ठूलो दल बनेर पहिलो पटक माओबादी संसदमा छिर्दा दाहाल २०६४ देखि २०६९ सम्म संबिधानसभा सदस्य रहेकी थिइन् । २०७४ मा माओबादी केन्द्रको पोलिटव्युरो सदस्य दाहाल अखिल नेपाल महिला संघ क्रान्तिकारीको महासचिव समेत हुन्। काठमाडौंमा पार्टीको सेक्रेटरी भएर काम गरेकी दाहाल संगठन निर्माणमा अव्वल मानिन्छन् । अखिल भारत नेपाली महिला संगठनको अध्यक्षको रूपमा प्रवासमा रही संगठन निर्माण गर्दा उनी माओबादी आन्दोलनभित्र र बाहिर निकै चर्चित थिईन् ।

renu444

देशको विकट ग्रामिण क्षेत्रमा संगठनात्मक काममा सक्रिय हुन रुचाउने दाहाल कम बोल्ने र बोलेको कुरा पूरा गर्ने नेतृको रुपमा परिचित छन् । जो संग उनको भेट हुन्छ, ति व्यक्ति उनको साधारण शैली र क्षमताबाट प्रभावित हुनु उनको विशेषता नै रहेको छ । भारत, चीन, बेलायत, थाइल्याण्ड, श्रीलंका, इन्डोनेसिया लगायतका देशहरूको भ्रमण गरेकी उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका देवी ज्ञवालीलाई हराउदै भरतपुर महानगरको मेयर बनेकी थिईन्। गएको  पाँच बर्ष भरतपुरको भौतिक र सामाजिक  बिकासमा महत्त्वपूर्ण काम गरेकी दाहाल २०७९ को स्थानीय निर्वाचनमा पुनः एमालेकै निकटतम प्रतिद्धन्द्धीलाई भारी मतान्तरले पराजित गरि दोस्रो पटक महानगरको कुर्सीमा पुग्न सफल भएकी छन्। 

सडक पुर्वाधारमा क्रान्ति
५ वर्ष भरतपुर महानगर प्रमुखमा कार्य गरिसकेकी उनको नगरको सम्पुर्ण विकास लाई नियाल्ने हो भने विकास एवं समृद्धिको मूल आधार नै सडक पूर्वाधार रहेकोले यसैलाई पहिलो प्राथमिकतामा राखी कार्य गरेकी छिन् । ४ वर्षको अवधिमा नगरभित्र ६१० किलोमिटर सडक कालोपत्रे तथा ४५० किलोमिटर सडकमा ग्राभेल गरिएको छ । केन्द्रीय बसपार्कको स्तरोन्नति । संघीय सरकारको सहयोग तथा महानगरपालिकाको पहलमा नेपालकै सबैभन्दा लामो ८८.६ किमी महानगरीय रिङ्गरोड ।

८ अर्व २० करोडको लागत रहने गरी प्रारम्भिक वातावरणीय परीक्षणसहित विस्तृत परियोजना प्रतिवेदनतयार भई सघन शहरी विकासबाट १० किमि सडक, प्रदेश सरकारको लागतमा ८.५५ किमि, सडक विभागबाट १२ किमि र महानगरको आम्दानीबाट १० किमि गरी जम्मा ४०.५५ किमि रिङ्गरोड निर्माणाधीनमा उनले पहल गरेकी छिन् भने बाँकी अन्य स्थानमा ४८.०६ किमि निर्माणको काम अगाडि बढाईएको छ । 

यस्तै पुल्चोकदेखि गोन्द्राङ्गसम्म १ अर्ब ९८ करोड ७३ लाखको लागतमा हरियाली सहितको ६ लेनको सडक, फुटपाथ र सर्भिस ट्रयाक निर्माणको लागि कार्य प्रारम्भ भईसकेको छ । त्यस्तै, बाइपास ४ लेन सडक विस्तार एवं सतह ढल निर्माणको कार्य पनि अघि बढिरहेको छ । यसैगरी हुलाकी सडकको १९ किमि विस्तार एवं स्तरोन्नति र भरतपुर–मेघौली–गोलाघाट (सहायक राजमार्ग) खण्डको ८ किमि सडक निर्माणाधीन अवस्थामा छ ।

भौतिक पुर्वाधारमा योगदान
करिब १ अर्बको हाराहरीमा भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको संघ तथा प्रदेश सरकारसहितको लागत साझेदारीमा बोलपत्र आह्वानको चरणमा छ। भरतपुर महानगरपालिका वडा नम्बर ३ मा सार्वजनिक निजी साझेदारी विधि मोडलमा निर्माण हुने भरतपुर मेट्रो प्लाजाको सम्झौता भई कार्य प्रारम्भ भएको छ । यसबाट निजी क्षेत्रलाइ प्रोत्साहन गर्दै ‘नगरको विकासमा निजी क्षेत्र सँगसँगै’ भन्ने कार्यको उदाहरणीय नमूना प्रस्तुत समेत उनले प्रस्तुत गरेकी छिन् । 

त्यस्तै, नगरभित्र स्मार्ट सडक बत्ती योजना तथा १९ किमि भूमिगत विद्युत् लाइन विस्तारको कार्य विद्युत् प्राधिकरण तथा महानगरपालिकाको साझेदारीमा अघि बढेको छ ।  चार वर्षे अवधिमा ११ वटा वडा कार्यालय निर्माण सम्पन्न, ६ वटा वडा कार्यालयको तला थप गरिएको छ भने बाँकी सबै वडा कार्यालयहरूको मर्मत र स्तरोन्नति गरी सेवा प्रवाहलाई प्रभावकारी तथा प्रविधियुक्त बनाईएको छ ।  महानगरको सेवालाई डिजिटल प्रविधिमा आधारित बनाउनका लागि अफिस अटोमेसनको कार्य शुभारम्भ भएको छ ।

भरतपुर महानगरपालिकाभित्र साना ठूला गरी ३ अर्ब ७८ करोडको लागतमा २३ वटा आयोजनाहरू निर्माणाधिन अवस्थामा छन्। यी आयोजनाहरू सम्पन्न हुँदा भरतपुरमा सत प्रतिशत शुद्ध पिउने पानीको पहुँच स्थापित हुनेछ। 

पर्यटन क्षेत्र प्रतिको लगाव
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा, सम्मेलनहरू गर्न र यसमार्फत पर्यटकीय आर्थिक गतिवधिमा बढोत्तरी ल्याउन सिटी हल बनाउने कार्य अनुरुप महानगरपालिकाको पहल एवंशहरी विकास मन्त्रालयबाट १ अर्ब ८५ करोडको लागतमा सिटी हल निर्माण कार्य द्रुत गतिमा अघि बढेको छ।

नारायणी नदी किनारलाई क्भब द्यभबअज मोडेलमा विकास गरी स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गरी आर्थिकक्रियाकलापमा बृद्धि गर्ने प्रयोजनको लागि गुरुयोजना अनुसार रु २९ करोड लागतमध्ये महानगरपालिकाले रु ९७ लाखको लगानीमा १ किलोमिटर वाकिङ्ग ट्रेल निर्माण कार्य सम्पन्न गरेको छ । साथै अन्य कामको लागि पर्यटन विभागबाट रु ७ करोडको टेन्डर भईकार्य अघि बढेको छ।

महानगरपालिकाभित्र लक्ष्मीनारायण मन्दिर, पहुँच मार्गसहितको रानीपोखरी पार्क २५ करोड छ लाख ८९ हजार रूपैयाँमा ठेक्का सम्झौता भइ काम अगाडि बढि सम्पन्न हुने चरणमा  छ। साथै, खुल्ला जिमखाना, हरियाली प्रवर्द्धन लगायतका वातावरण संरक्षण र शहरी सौन्दर्यीकरणको काम सघन रुपमा अघि बढेको छ। महानगरपलिकाले अम्ब्रेला स्ट्रिट भ्यू  निर्माण मार्फत आन्तरिक आम्दानीमा टेवा पु¥याईएको छ भने गोलाघाट र चौकीडाँडामा भ्यू टावर निर्माणाधिन छन्।

जोखिम बस्ती, विपद् व्यवस्थापन
महानगरमा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरी विपद्जन्य जोखिमहरुको तत्काल सम्बोधन र व्यवस्थापन गर्नसक्ने गरी महानगरपालिकाको वडा तहसम्म क्षमता विस्तार गर्ने लक्ष्य राखिएको छ। शारदानगर खानेपानी आयोजना, जखडिमाई खानेपानी आयोजना, दिव्यनगर खानेपानी आयोजना, पार्वतीपुर खानेपानीआयोजना, मेघौली खानेपानी आयोजना र धनगढा खानेपानी लगायतकापरियोजनाले गर्दा महानगरपालिकाको आर्थिक तथासामाजिक रुपान्तरणमा योगदान पुगेको छ।

उनकै पहलमा धेरै विकास निर्माणका योजनाहरु सम्पन्न भईसकेका छन् तर बाँकी निर्माणाधिन आयोजनाहरु पुरा गर्नुपर्ने दायित्व पुनः उनी मेयरमा निर्वाचित भएसँगै उनीमाथि नै यो भार थपिएको छ । आफुले शुरुवात गरेको कामहरु आफैंबाट सम्पन्न गर्ने उनको चाहना भरतपुरबासीले पुनः उनलाई दिएका छन् । 

विगतमा गरेको विकास निर्माणको कामले पनि बाँकी योजनाहरु उनले सम्पन्न गरेरै छाड्नेमा कोईपनि दुई मत छैनन् । तर यति भन्दै गर्दा, नगरको मुख्य चुनौतीको रुपमा रहेको विपन्न वर्गको जिवनस्तरमा सुधार, महंगो स्वास्थ्य एवं शिक्षा, रोजगारी लगायतका क्षेत्रमा ब ५ वर्षमा उनले कस्ता योजना भन्ने धेरैको जिज्ञासा रहेको छ ।

योसँगै उनले चुनाव अघि गरेका प्रतिबद्धता अनुसार नगरलाई एशिया स्तरकै नमुना समृद्ध शहर बनाउने योजनामा समेत धेरैको चासो रहेको छ । तसर्थ, अबको ५ वर्ष पनि उनले नगर र नगरबासीलाई समृद्ध र सुखी बनाउन तर्फ पहल गरुन,  यही छ शुभकामना ।

प्रतिक्रिया दिनुहोस