वीरगन्ज महानगरमा गठबन्धनका उम्मेदवार राजेशमान सिंह दोब्बर मतले बिजयी

सफल खबर संवाददाता

मंगलबार, १० जेठ २०७९, ०८ : १७
वीरगन्ज महानगरमा गठबन्धनका उम्मेदवार राजेशमान सिंह दोब्बर मतले बिजयी

वीरगन्ज । वीरगन्ज महानगरमा गठबन्धनका उम्मेदवार राजेशमान सिह दोब्बर मतले बिजयी भएका छन् । महानगरको ३२ वटा वडामा भएको गणनामा  प्रमुखमा राजेशमान सिह ४६ हजार २१५ मत ल्याएका छन् ।

सिंहका प्रतिष्पधी नेकपा एमालेका बिजय सरावगील २३ हजार ७६१मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका  राप्रपा का गिरीश गिरीले ३ हजार ३१३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपप्रमुखमा  गठबन्धन उम्मेदवार इम्तियाज आलम ठुलो मतान्तरले  बिजयी भएका छन् । उपप्रमुखको अन्तिम नतिजा भने आउन बाँकी  छ ।

प्रतिक्रिया दिनुहोस