भरतपुरमा अब ९१२ मत गन्न बाँकी, निर्वाचित रेनु दाहालको विजय जुलुसको भव्य तयारी

सफल खबर संवाददाता

मंगलबार, १० जेठ २०७९, ०६ : ५९
भरतपुरमा अब ९१२ मत गन्न बाँकी, निर्वाचित रेनु दाहालको विजय जुलुसको भव्य तयारी

चितवन । भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । अब ९१२ मतपत्र गणना हुन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यद्यपि मतान्तर बढी भएका कारण भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहाल मेयरमा विजयी भइसकेकी छन् ।

हालसम्म् कुल १ लाख २६ हजार ९५७ मतगणना हुँदा दाहालले १ लाख ६६६ मत पाएकी छन् भने एमालेबाट मेयरको उम्मेदवार बनेका विजय सुवेदीले ३९ हजार ३४३ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७४१ मत पाएका छन् । 

यस्तै उपमेयरमा त्रिचसेन अधिकारीले ५२ हजार ४२१ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ३० हजार ४७७ मत पाएकी छन् । यता मेयरमा निर्वाचित भएसंगै रेनु दाहालको विजय जुलुसको भव्य तयारी गरिएको छ । ५ दलिय गठबन्धनबाट निर्वाचित विजय जुलुसमा सहभागी हुन सैयौं कार्यकर्ता भेला हुन थालेका छन् । औपचारिक घोषणा भएसंगै विजय जुलुस निकाल्ने बताईएको छ । 

प्रतिक्रिया दिनुहोस