चितवन । भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । अब ९१२ मतपत्र गणना हुन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यद्यपि मतान्तर बढी भएका कारण भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहाल मेयरमा विजयी भइसकेकी छन् ।
हालसम्म् कुल १ लाख २६ हजार ९५७ मतगणना हुँदा दाहालले १ लाख ६६६ मत पाएकी छन् भने एमालेबाट मेयरको उम्मेदवार बनेका विजय सुवेदीले ३९ हजार ३४३ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७४१ मत पाएका छन् ।
यस्तै उपमेयरमा त्रिचसेन अधिकारीले ५२ हजार ४२१ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ३० हजार ४७७ मत पाएकी छन् । यता मेयरमा निर्वाचित भएसंगै रेनु दाहालको विजय जुलुसको भव्य तयारी गरिएको छ । ५ दलिय गठबन्धनबाट निर्वाचित विजय जुलुसमा सहभागी हुन सैयौं कार्यकर्ता भेला हुन थालेका छन् । औपचारिक घोषणा भएसंगै विजय जुलुस निकाल्ने बताईएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० जेठ २०७९, ०६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सोबिता गौतमलाई बधाई दिँदै रेनु दाहालको प्रतिक्रिया : जनताको अमुल्य मतको सम्मान गर्दछु
चितवन–३ : सोविताभन्दा रेनु ६९९ मतले पछाडि
चितवन–३ मा रेणु दाहालको दाबी: अनुभव र कामकै आधारमा योग्य उम्मेदवार
रेनु दाहालले सार्वजनिक गरिन वेवसाईट
चितवनका बुद्धिजीवीहरू रेनु दाहाललाई जिताउन एकजुट
रेनु दाहाल : संविधानसभा देखि नगरसभासम्म कानुन निर्माणमा खारिएकी नेतृ