भरतपुरको मेयरमा रेनु दाहाल विजयी

सफल खबर संवाददाता

सोमबार, ०९ जेठ २०७९, २१ : ०२
भरतपुरको मेयरमा रेनु दाहाल विजयी

भरतपुर । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल विजयी भएकी छन् ।

भरतपुरमा ११,१७३ मत गणना गर्न बाँकी हुँदा दाहाल विजयी भएकी हुन् ।

पछिल्लो मत परिणामअनुसार दाहालले १ लाख १६ हजार ६६६ मतगणना हुँदा ४७ हजार ४० मत पाएकी छन् भने एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले ३५ हजार ५८३ मत पाएका छन् ।

यी दुई उम्मेदवारबीचको मतान्तर ११ हजार ५४७ रहेको छ ।

अब बाँकी गन्न सबै मत विजय सुवेदीले पाएपनि रेनुले जित्ने निश्चित भइसकेको हो । अघिल्लो चुनावमा पनि रेनुसँग एमालेका उम्मेदवार देवी ज्ञवाली पराजित भएका थिए ।  भरतपुरमा कुल  १ लाख २७ हजार ८३९ मत खसेको थियो । 

प्रतिक्रिया दिनुहोस