काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
गत वैशाख ३० गते भएको निर्वाचनको मतगणना जारी रहेको छ । हालसम्म भएको एक लाख १५ हजार बढी भएको मतगणनाअनुसार बालेनले प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठ र नेकपा एमालेका केशव स्थापितसँग मतान्तर बढाउँदै लगेका छन् ।
निर्वाचन आयोगका अनुसार बालेनले हालसम्म ४१ हजार २७९ मत प्राप्त गरिसकेका छन् । उनको निकटतम् प्रतिस्पर्धी कांग्रेसकी सिर्जनाले २३ हजार ८५५ मत प्राप्त गरेकी छन् ।
मेयरमा कांग्रेस उम्मेदवार सिर्जनाकोभन्दा बालेनले १७ हजार ४२४ बढी मत प्राप्त गरिसकेका छन् । एमाले उम्मेदवार स्थापित अहिले तेस्रो स्थानमा रहेका छन् । स्थापितले हालसम्म २३ हजार २४ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ जेठ २०७९, १७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरमा अब ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभुत स्वास्थ्य सेवा
काठमाडौँ महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी सुनिता डंगोललाई
काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा
काठमाडौँ महानगर आज ३१ औँ स्थापना दिवस मनाउँदै
अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्नु : काठमाडौँ महानगर
काठमाडौँ महानगरले २० हजार भन्दा धेरै विद्यार्थीलाई दियो छात्रवृत्ति