ढाका । बंगलादेश र भारतका विभिन्न भागमा आएको बाढी र पहिरोमा कम्तीमा ५७ जनाको मृत्यु भएको छ । बाढी पहिरोपछि लाखौँ मानिस विचल्लीमा परेका छन् । बंगलादेशको उत्तरपूर्वी क्षेत्रमा आएको बाढीबाट करिब २० लाख मानिस बिचल्लीमा परेका छन् भने करिब १० लाख मानिस प्रभावित भएका छन् ।
भारतको उत्तरपूर्वी भागबाट आएको बाढीको पानीले बराक नदीको ठूलो तटबन्ध भत्काउँदा जाकीगञ्जका कम्तीमा १०० गाउँ डुबानमा परेको सिल्हट क्षेत्रका प्रमुख सरकारी प्रशासक मोशर्रफ हुसेनले बताए ।
‘बाढीबाट २ लाख मानिस बिचल्लीमा परेका छन्’, उनले भने । यो साता मात्र कम्तीमा १० जनाको मृत्यु भएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०८ जेठ २०७९, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा प्रदर्शन उग्र बनेपछि परिस्थिति नियन्त्रणका लागि अर्धसैन्य दस्ता परिचालन
बंगलादेशमा आम चुनावको मिति घोषणा
शान्त बंगलादेश : हसिनामाथिको मृत्युदण्डपछि राजधानीमा सामान्य अवस्था
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना दोषी ठहर, मृत्युदण्डको सजाय
शेख हसिना विरुद्धको फैसलाअघि बंगलादेशमा कडा सुरक्षा
बंगलादेशमा हिंसात्मक झडप, चार जनाको मृत्यु