काठमाडौं । मकवानपुरको सिमखोलामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
इन्द्रसरोवर गाउँपालिका वडा नम्बर-२, कुलेखानी सिमखोलामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शनिबार साँझ ५ बजेको समयमा वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ च २३१५ नम्बरको जिप दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन बाँकी रहेको बताए ।
जिपमा सवार ८ जना मध्ये अन्य ५ जना घाइते भएको उनले बताए । तिव्र गतिका कारण जिप अनियन्त्रित भइ पुलमा ठोक्किएर दुर्घटना भएको उनले बताए ।
उनका अनुसार घाइतेहरुलाई उपचारका लागि हेटौंडातर्फ पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ जेठ २०७९, २० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते
गोरखामा माइक्रोबस दुर्घटनामा हुँदा १७ जना घाइते
लमजुङमा जिप दुर्घटना, दुईको मृत्यु
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु, एक घाइते
राजस्थानमा सडक दुर्घटना, १५ जनाको मृत्यु