शेयर लगानीकर्ताले अब टिएमएस चलाएको पनि पैसा तिनुपर्ने

सफल खबर संवाददाता

शनिबार, ०७ जेठ २०७९, १६ : १६
शेयर लगानीकर्ताले अब टिएमएस चलाएको पनि पैसा तिनुपर्ने

काठमाडौं । अब लगानीकर्ताले अनलाइन कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) चलाए वापत पनि पैसा तिर्नुपर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार संचालन विनियमावली २०७५ लाई तेस्रो पटक संशोधन गर्दै टिएमएस सेवा दिए वापत अधिकतम् १ सय रुपैयाँ सेवा शुल्क लिन सक्ने व्यवस्था गरिएको छ ।

डिम्याट शुल्क, मेरो शेयर शुल्क, सीआश्वा शुल्क तिर्नु परिरहेका शेयर लगानीकर्तालाई अब अर्को आर्थिक भार पनि थपिने भएको हो ।हालसम्म लगानीकर्ताले निःशुल्क रूपमा टिएमएस चलाएकोमा अब भने यस सेवा दिए वापत ब्रोकरहरूले पैसा उठाउन सक्ने भएका हुन् ।

नेप्सेले हालसम्म संशोधित विनियमावली लागू गर्ने मिति भने तोकिसकेको छैन ।संशोधित नियमावलीमा ब्रोकरले आफ्नै टीएमएस बनाएर सेवा दिन सक्ने व्यवस्था गरिएको छ । हाल ब्रोकरहरूले नेप्सेको टिएमएस चलाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस