एजेन्सी । गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा रोयल च्यालेन्जर्स बैंगलोरले प्लेअफ सम्भावना कायम राखेको छ ।
बिहीबार राति गुजरातले दिएको १६९ रनको लक्ष्य बैंगलोरले १८ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गरेको हो । बैंगलोरको जितमा विराट कोहलीले सर्वाधिक ७३ रन बनाए । गुजरातका राशिद खानले २ विकेट लिए ।यस अघि मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन जोडेको थियो ।
गुजरातका लागि कप्तान हार्दिक पान्डयले अविजित ६२ रन बनाए । बैंगलोरका जोश हाजलउडले २ विकेट लिए ।जितसँगै बैंगलोर १४ खेलबाट १६ अंक जोडेर चौंथो स्थानमा छ । शीर्ष स्थानको गुजरातको १४ खेलबाट २० अंक छ । जारी लिगमा गुजरात र लखनउ सुपर जायन्ट प्लेअफमा स्थान बनाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०६ जेठ २०७९, ०६ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित
आईपीएल : लखनउसँग चेन्नई ७ विकेटले पराजित
आईपीएल क्रिकेट : राजस्थानमाथि गुजरातको सानदार जित
आईपीएल : दिल्लीविरुद्ध कोलकाताको जित
आईपीएल : पञ्जाबलाई हराउँदै हैदराबाद शीर्षस्थानमा
आईपीएल : मुम्बईविरुद्ध हैदरावाद ६ विकेटले विजयी