स्थानीय तह निर्वाचन

नारायणकाजीको गृह पालिकामा काँग्रेस विजयी

सफल खबर संवाददाता

विहीबार, ०५ जेठ २०७९, १५ : ३३
नारायणकाजीको गृह पालिकामा काँग्रेस विजयी

काठमाडौं । स्थानीय तह निर्वाचनमा गोरखामा माओवादी केन्द्रले सानदार जित हासिल गरेको छ। माओवादीले बिहीबारसम्म एक पालिकाको मतगणनाको अन्तिम परिणाम घोषणा हुनुअघि नै ८ पालिकामा जित दर्ता गरेको छ । तर, माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको गृह पालिकामा भने सो पार्टी पराजित बनेको छ।  

गोरखाको सिरानचोक गाउँपालिका नेता श्रेष्ठको गृह पालिका हो । सो पालिकामा नेपाली काँग्रेसका ज्ञानेन्द्र गुरुङ ५ हजार ४०३ मतका साथ विजयी भएका हुन् । यो पालिकामा माओवादी केन्द्र ४ हजार १६८ मत ल्याएर उपविजेतामा सीमित बन्यो । यस्तै सो पालिकाको उपाध्यक्षमा पनि रिता देवकोटा विजयी भएकी छन् । यस्तै उपविजेता माओवादी बन्यो । 

कुल ११ पालिका रहेको गोरखामा ८ स्थान माओवादीले जित्दा २ स्थान काँग्रेसले जितेको छ । एउटा गाउँपालिका चुननुब्रीको गणना जारी रहेको छ । त्यसमा पनि हालसम्म माओवादीको अग्रता रहेको छ । अघिल्लो स्थानीय तहमा राप्रपा नतिजा ल्याएको काँग्रेसको यसपटक भने नतिजा खस्किएको हो।

प्रतिक्रिया दिनुहोस