काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३ अंकले घटेको छ । आज कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा २३.५१ अंकले घटेर बन्द भएको हो ।
दोहोरो अंकले घटेसँगै परिसूचक साढे २२ सय अंकमा आएर रोकिएको छ । यसक्रममा आज १ अर्ब ३० करोड रुपैयाँ बराबरको ३७ लाख ९८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । यस्तै, आज म्यूचुअल फण्ड समूह ०.११ अंकले बढ्नुबाहेक अन्य समूहमा सुधार आउन सकेको छैन ।
घटेकामध्ये जीवन बीमा कम्पनी समूहमा १७२ अंकले र निर्जीवन बीमा समूहमा १४३ अंकको गिरावट आएको छ । यसैगरी, विकास बैंक समूह ८३ अंक लघुवित्त समूह ५१ अंक, उत्पादनमूलक समूहमा ४४ अंक र व्यापार समूह २४ अंकले घटेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ जेठ २०७९, १५ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोहोरो अंकले घट्यो नेप्से
कारोबारसँगै बढ्यो सेयर बजार
६.७४ अंकले बढ्यो नेप्से
सेयर बजार १.६६ अंकले घट्यो
सेयर बजार २६०६ अंकमा झर्यो
घट्यो सेयर बजार, ४ अर्ब ६६ करोडको कारोबार