काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३ अंकले घटेको छ । आज कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा २३.५१ अंकले घटेर बन्द भएको हो ।
दोहोरो अंकले घटेसँगै परिसूचक साढे २२ सय अंकमा आएर रोकिएको छ । यसक्रममा आज १ अर्ब ३० करोड रुपैयाँ बराबरको ३७ लाख ९८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । यस्तै, आज म्यूचुअल फण्ड समूह ०.११ अंकले बढ्नुबाहेक अन्य समूहमा सुधार आउन सकेको छैन ।
घटेकामध्ये जीवन बीमा कम्पनी समूहमा १७२ अंकले र निर्जीवन बीमा समूहमा १४३ अंकको गिरावट आएको छ । यसैगरी, विकास बैंक समूह ८३ अंक लघुवित्त समूह ५१ अंक, उत्पादनमूलक समूहमा ४४ अंक र व्यापार समूह २४ अंकले घटेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ जेठ २०७९, १५ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढ्यो सेयर बजार, बैंकिङमा उच्च वृद्धि
२८ सयमुनि झर्यो सेयर बजार
सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक
दोहोरो अंकले बढ्यो नेप्से
१० अंक बढ्यो सेयर बजार
सेयर बजारका सबै सूचक बढे