रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकाको गत गणना सम्पन्न भएको छ। उक्त पालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार अध्यक्ष पदमा निर्वाचित भएका छन्।दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष पदमा शम्भू सिंह निर्वाचित भएका हुन्। गाउँपालिकाका निवर्तमान अध्यक्ष कांग्रेसका उम्मेदवार अरुण साहलाई पराजित गर्दै सिंह निर्वाचित भएका हुन्। पालिका उपाध्यक्षमा माओवादी केन्द्रकै शिला देवी विजयी भएकी छिन्।
मेयर उम्मेदवार रहेका सिंहले ४२०४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अरुण साहले २९८२ मत प्राप्त गरेका छन्। उपाध्यक्ष पदमा निर्वाचित भएकी देवीले २६७९ मत प्राप्त गरेकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मन्जु देवीले २३५७ मत प्राप्त गरेकी छिन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ जेठ २०७९, ११ : ०९
लेखकबाट थप