थप १९ जनामा कोरोना पुष्टि, १४९ सक्रिय संक्रमित

सफल खबर संवाददाता

मंगलबार, ०३ जेठ २०७९, १६ : २५
थप १९ जनामा कोरोना पुष्टि, १४९ सक्रिय संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्।मंगलबार १८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १४९ जना सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ३ हजार ५६५ पीसीआर तथा ६३२ एन्टिजेन परीक्षण भएको छ।

प्रतिक्रिया दिनुहोस