स्थानीय तह निर्वाचन

दाङको राप्ती गाउँपालिकामा माओवादी केन्द्र विजयी

सफल खबर संवाददाता

मंगलबार, ०३ जेठ २०७९, १४ : ०७
दाङको राप्ती गाउँपालिकामा माओवादी केन्द्र विजयी

काठमाडौँ । दाङको राप्ती गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी रहेको क्षेत्र राप्तीमा माओवादी केन्द्रका उम्मेदवार प्रकाश विष्ट निर्वाचित भएका हुन् । 

विष्टले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जगत प्रसाद पोखरेललाई भारी मतान्तरले पाखा लगाएका हुन् । विष्टले ६ हजार ८९८ मत पाउँदा पोखरेलले ५ हजार ७०० मत पाए । 

प्रतिक्रिया दिनुहोस