काबुल । १० महिनाअघि अफगान सत्तामा पुगेको तालिबानले अफगानिस्तानको प्रशासनिक प्रणालीमा धेरै परिवर्तन गरेको छ । उनीहरूले पूर्वसरकारले स्थापना गरेका पाँच विभागहरू पूर्णरूपमा विघटन गरेका हुन् ।
तालिबानले विघटन गरेका निकायहरूमध्ये मानव अधिकार आयोग पनि एक हो । सो निकायलाई अमेरिका समर्थित सरकारले समर्थन गरेको थियो । बजेट अभावको कारण देखाउँदै ति निकाय विघटन गरिएको तालिबानले जनाएको छ ।
देशले ५० करोड १० लाख डलरको बजेट घाटा बेहोर्नु परेको तालिबानको भनाइ छ । ‘यी विभागहरूलाई आवश्यक नठानिएको र बजेटमा समावेश नगरिएको हुनाले तिनीहरूलाई विघटन गरिएको छ’, तालिबान सरकारका उप–प्रवक्ता इन्नामुल्लाह सामगानीले रोयटर्सलाई भने ।
विघटना हुने अर्को प्रमुख विभागमा अफगानिस्तानको संविधान कार्यान्वयनको निरीक्षण आयोग पनि छन् । १५ अगस्टमा सत्ता कब्जा गरेपछि तालिबानले शासनमा नरम दृष्टिकोण अपनाउने संकेत गरेको थियो । -एजेन्सी
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०३ जेठ २०७९, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शरणार्थी फिर्ताको तिब्र वृद्धिले अफगानिस्तानमा जोखिम
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु
अफगानिस्तानले न्यूजील्याण्डविरुद्ध टेस्ट खेल्ने