धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता, कांग्रेस र एमालेको संयुक्त मतभन्दा पनि बढी

सफल खबर संवाददाता

मंगलबार, ०३ जेठ २०७९, ०७ : ०५
धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता, कांग्रेस र एमालेको संयुक्त मतभन्दा पनि बढी

धनगढी । धनगढी उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको भारी मतान्तरले अगाडि बढेका छन् ।

मंगलबार बिहानसम्म १४ हजार ७३६ मतगणना हुँदा हमालले ६ हजार ५९६ मत ल्याएका छन् । हमाललाई पच्छ्याइरहेका  कांग्रेसका नृपबहादुर वडले ३ हजार ३५४ मत मात्र पाएका छन् । एमालेका रणबहादुर चन्दले २ हजार ६७४ मत ल्याएका छन् । 

मेयरमा हमाल जिततिर अगाडि बढेका छन् । वड र चन्दको संयुक्त मत जोड्दा पनि हमालको मत बढी हुन्छ । वड र चन्दको संयुक्त मत ६ हजार २८ मात्र पुगेको छ ।  धनगढीमा ५२ हजार १८१ सय मत खसेको थियो । वड सत्तारूढ गठबन्धनका साझा उम्मेदवार हुन् । उनी धनगढीका निवर्तमान  मेयरसमेत हुन् । 

उपमेयरमा गठबन्धन र एमालेबीच प्रतिष्पर्धा हुने देखिएको छ । गठबन्धनका तर्फबाट साझा उम्मेदवारी दिएकी माओवादी केन्द्रकी शान्ति अधिकारीले सुरुवातमा फराकिलो अन्तरले लिड गरेपनि एमालेकी उम्मेदवार कन्दकला राननले अहिले मतान्तर घटाएकी छन् ।

अधिकारीले २ हजार ९४० मत प्राप्त गर्दा रानाले २ हजार ८४५ मत पाएकी छन् । उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभाकर भण्डारीले १ हजार ६४८ मत प्राप्त गरेका छन् ।