काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का धनगढी उपमहानगरपालिकाका संस्थापक नगर सभापति ईश्वरी विष्टले पार्टी परित्यागको घोषणा गरेका छन् ।
२०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा कैलाली–५ बाट प्रत्यक्ष उम्मेदवार समेत बनेका विष्टले पार्टी परित्याग गर्दै साधारण सदस्यबाट समेत नरहने गरी राजीनामा दिएका छन् ।
उनले पार्टीको केन्द्रीय कार्यालय, काठमाडौँलाई सम्बोधन गर्दै साधारण सदस्यबाट समेत अलग हुने गरी राजीनामा दिएका हुन्। उनी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कैलाली–५ बाट उम्मेदवार बनेर सुदूरपश्चिम प्रदेशमै रास्वपाको दोस्रो बढी मत प्राप्त गर्ने उम्मेदवार थिए l
राजीनामा पत्रमा विष्टले पछिल्लो समय पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापना कालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत गएको अनुभूति भएको उल्लेख गरेका छन् ।
उनका अनुसार संगठनमा समर्पित नेता–कार्यकर्ताको उचित मूल्यांकन नभएको, विधि–विधान विपरीत गतिविधि बढेको तथा निर्णय प्रक्रियामा पारदर्शिता कमजोर बन्दै गएको अवस्थाले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमाथि प्रश्न उठाएको छ। यस्तो परिस्थितिमा मौन बस्न नसक्ने निष्कर्षसहित पार्टी परित्यागको निर्णय गरेको उनले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ फागुन २०८२, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धैर्यतालाई कमजोरी नठान्न रास्वपालाई एमालेको चेतावनी
रास्वपाको भैरहवामा हुने चुनावी सभा स्थगित
रास्वपा : बोले पुग्ने, गर्न नपर्ने ?
दाङमा रास्वपा कार्यकर्ताले जलाए एमालेको झण्डा
बालेन अस्वस्थ, फर्किए काठमाडौं
रास्वपाको चुनावी वाचापत्र सार्वजनिक, मध्यम वर्गलाई महत्व दिएको दाबी