धनगढीमा परराष्ट्र मन्त्री आरजु राणा देउवाको घरमा आगजनी

सफल खबर संवाददाता

मंगलबार, २४ भदौ २०८२, ११ : ५७
धनगढीमा परराष्ट्र मन्त्री आरजु राणा देउवाको घरमा आगजनी

कैलाली । कैलालीको धनगढीस्थित परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको घरमा मंगलबार प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।

धनगढी उपमहानगरपालिका-४ बसपार्क पछाडि पुनर्निर्माण भइरहेको उनको घरमा प्रदर्शनकारीहरूले प्रवेश गरी आगजनी गरेको प्रहरीले जनाएको छ।

यस्तै, ललितपुरस्थित युलेन्स स्कुलमा पनि प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। आन्दोलन उग्रिँदै जाँदा सरकारी कार्यालयदेखि नेताहरूको निवास र शैक्षिक संस्थासम्म आक्रमणको दायरा बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस