तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा नेकपा माओवादीले जित हासिल गरेको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित अधिकांश वडामा माओवादीले जितेको हो ।
गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी भएका छन् । अध्यक्षमा चुमानले तीन हजार ९४० मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी कांग्रेसका गिरबहादुर थापाले दुई हजार २३० मत प्राप्त गरे । एमालेका ऋषि केसीले गिरबहादुर दोस्रो कार्यकाल दोहोरिनका लागि अध्यक्षको प्रतिष्पर्धामा थिए ।
उपाध्यक्षमा माओवादीकी अर्याल दुई हजार ८४८ मत प्राप्त गरी विजयी भएकी छन् । उनको निकटम प्रतिष्पर्धी नेपाली कांग्रेसकी पवित्रा गौलीले दुई हजार १८३ मत ल्याइन् । २०७४ सालमा भएको स्थानीय निर्वाचनमा आँबुखैरेनी गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष उपाध्यक्ष सहित पाँच वटा वडामा जितेको थियो । यसपाली माओवादीले नतिजा उल्टाउदैँ अध्यक्ष उपाध्यक्ष सहित तीन वडामा जितेको छ । नेपाली कांग्रेस दुई वडामा खुम्चिएको छ । नेकपा एमालेले यसपाली पनि एक वडामा जित हासिल गरेको छ ।
आँबुखैरेनी– १ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रेमबहादुर गुरुङ ८५१ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका किसन थापाले ४१५ मत प्राप्त गरे । वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका आशबहादुर गुरुङ विजयी भएका छन् । उनले ६६७ मत प्राप्त गरेका छन् । प्रतिष्पर्धी नेपाली कांग्रेसका सरोज पन्तले ४३५ मत प्राप्त गरेका छन् ।
वडा नम्बर ३ को वडाध्यक्षमा नेपाली कांग्रेसका दिनेश केसी विजयी भएका छन् । केसीले एक हजार ८ मत सहित विजय हासिल गरेका हुन् । प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका विमलबाबु रानाले ६०५ मत प्राप्त गरेका छन् ।वडा नम्बर ४ मा मा नेपाली नेपाली कांग्रेसकी मिलन भुजेल ४३३ मत प्राप्त गरी विजयी भइन् । उनको प्रतिष्पर्धी माओवादी केन्द्रका नेत्रबहादुर मगरले २१९ मत ल्याए ।
वडा नम्बर ५ को वडाध्यक्षमा माओवादीका सन्तोष गुरुङ आठ मतान्तरले विजयी भएका छन् । गुरुङले २८८ मत प्राप्त गर्दा प्रतिष्पर्धी नेकपा एमालेका चित्रबहादुर आले मगरले २८० मत प्राप्त गरे । वडा नम्बर ६ को वडाध्यक्षमा नेकपा एमालेका दिलीप गुरुङ तीन मतान्तरले विजयी भएका छन् । उनले ३९० मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका प्रविण गुरुङले ३८७ मत प्राप्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ जेठ २०७९, ०६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र नेसपा एकता पश्चात १५ जना वैकल्पिक केन्द्रीय सदस्य समायोजन
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
माओवादी सांसदले गरे संसदीय सुनुवाइ समितिको बैठक बहिस्कार
माओवादीले माग्यो राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामा
माओवादीद्वारा समिति बनाउने सरकारको निर्णयको स्वागत
भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गरेकोमा माओवादी सकारात्मक, सांसदलाई ह्विप नलगाउने