चितवन । भरतपुर महानगरपालिकाको पछिल्लो मत गणनामा गठबन्धनका उम्मेदवार रेनु दाहाल १२ मतले अग्रता लिएकी छिन ।
एमालेका विजय सुवेदीले गठबन्धनका उम्मेदवार रेनु दाहाललाई पछ्याइ रहेका छन् । महानगरमा १५ हजार ३१ मत गणना हुँदा एमालेका सुवेदीले ५ हजार २७ मत ल्याएका छन् भने माओवादी केन्द्रकी दाहालले ५ हजार ३९ मत ल्याएकी छन् ।
त्यसैगरी उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी ६ हजार ४३ र उपमेयरमा राप्रपाकी हिमला गुरुङले ४ हजार ४२ मत ल्याएकी छन् । वडा न ४ को अध्यक्षतर्फ भने कांग्रेसले एक हजार ५६४ मत, एमालेको एक हजार ४३ मत आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, १८ : २७
लेखकबाट थप