काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा अहिले भव्य राम मन्दिर बनिरहँदा नेपालीहरु पनि उत्तिकै खुसी भएको दाबी गरेका छन् ।
मोदीले यस्तो बेला भारतमा भव्य राम मन्दिर निर्माण हुँदा नेपाली पनि खुसी भएको दाबी गरेका छन् जति बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भगवान राम भारतमा नभई नेपालमा जन्मेको दाबी गरिरहेका छन् ।
‘जनकपुरमा भैले भनेको थिएँ– नेपाल बिना हाम्रो राम पनि अधुरो छन्,’ सोमबार लुम्बिनीमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले भने, ‘मलाई थाहा त आज जब भारतमा भगवान श्रीरामको भव्य मन्दिर बनिरहँदा नेपाली जनता पनि उत्तिकै खुसी छन् ।’
चाहे पशुपतिनाथ होस् या मुत्तिनाथ, जनकपुरधाम होस् या लुम्बिनी, नेपालको आध्यात्मीक आर्शिवादको शक्तिले आफूलाई तानिरहने उनले बताए । उनले सिद्धार्थ गौतम बुद्ध नेपालमा जन्मेको बताए । उनले अगाडि भने, ‘वैशाख पूर्णिमाको दिन लुम्बिनीमा सिद्धार्थको रुपमा बुद्धको जन्म भएको थियो । यसैदिन बोधगयामा ज्ञान प्राप्त गरेर उनी भगवान बुद्ध बने र यसैदिन कुशीनगरमा उनले महापरिनिर्वाण प्राप्त गरे ।’
भौगोलिक सीमाभन्दा माथि उठेर बुद्ध सबैको भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, १७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले नेतृत्वमाथि भौतिक हमला हुन सक्छ, त्यो दिन देश ठप्प हुनुपर्छ’ : ओली
एघारौं महाधिवेशनको उद्घाटन सत्रमा ओलीले के भने ? (पूर्णपाठ)
‘म ढुक्कले भन्छु, एमाले अजम्बरी छ : ओली
‘हाम्रो राजनीति केवल सत्ता बदल्ने होइन, सुरक्षाको अनुभूति दिने राजनीति हो’: ओली
रिमोटबाट झण्डोत्तलन गर्दै ओलीले गरे ११ औं महाधिवेशन उद्घाटन
सरकारले जेन जेडसँग गरेको सम्झौता कलाविहीन नाटक थियो: ओली