स्थानीय तह निर्वाचन

कालिका वडा नं.३ को अध्यक्षमा गठबन्धनका बिरेन्द्र तामाङको प्यानलै बिजयी

सफल खबर संवाददाता

सोमबार, ०२ जेठ २०७९, १६ : २८
कालिका वडा नं.३ को अध्यक्षमा गठबन्धनका बिरेन्द्र तामाङको प्यानलै बिजयी

चितवन । कालिका नगरपालिका वडा न। ३ को अध्यक्षमा गठबन्धन (माओबादी केन्द्र) का बिरेन्द्र तामाङको प्यानलै बिजयी भएका छन । उनले १०५२ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी एमालेका हरिप्रसाद अधिकारीले ८९२ मत प्राप्त गरेका थिए ।

त्यस्तै महिला सदस्य प्रतिमा भुलन (नेका) १०९१ ,महिला दलित सदस्य लिला दमाई(नेका) १०५० ,खुल्ला सदस्यद्वय बुद्धिप्रसाद ढकाल (माओबादी केन्द्र)१०३० र कृष्णबहादुर प्रजा (नेका) ले ११४१ मत पाएका थिए ।


कालिका वडा न ३ बाट मेयरमा एमालेका बिनोद रेग्मीले ९०४ , गठबन्धन ९नेका०का शिवराम केसीले ११६८ र उप-मेयरमा एमालेका बिमला लामाले ९४३ र गठबन्धन (माओवादी केन्द्र) की सबिता लामाले १०९६ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस