उत्तर कोरियामा १० लाख कोरोना संक्रमित

एजेन्सी

सोमबार, ०२ जेठ २०७९, १२ : १२
उत्तर कोरियामा १० लाख कोरोना संक्रमित

 उत्तर कोरियामा कोभिड १९ संक्रमण तीब्र बढेको छ । कोभिड बढेसँगै उत्तर कोरियाली नेता किम जोङ उनले औषधि वितरण गर्न सेनालाई निर्देशन दिएका छन् ।

एक साताअघि फैलिएको कोभिड १९ का कारण अहिलेसम्म ५० जनाको मृत्यु भइसकेको छ । महामारी रोकथाम नियन्त्रण गर्न भन्दै सरकारले देशव्यापी लकडाउन घोषणा गरेको छ ।उत्तर कोरियाले भन्दै आएको ‘ज्वरो’ बाट १० लाखभन्दा बढी मानिस बिरामी परेका छन् ।

संक्रमण नियन्त्रण गर्न कमजोर कदम चालेको भन्दै उत्तर कोरियाली नेता किम जोङ उनले स्वास्थ्य अधिकारीहरूको आलोचना गरेका छन् ।उत्तर कोरियामा पर्याप्त परीक्षण सामग्रीको अभाव रहेकाले पनि कोभिड १९ परीक्षण प्रभावित भएको बीबीसीले जनाएको छ ।

सर्वोच्च नेता किमले प्योङयाङका सडकमा उत्तर कोरियाली सेनाको चिकित्सा दलको ‘शक्तिशाली बल’ परिचालन गर्ने बताएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस