स्थानीय तह निर्वाचन

चाँगुनारायणमा कांग्रेस अगाडि

सफल खबर संवाददाता

आइतबार, ०१ जेठ २०७९, १३ : १९
चाँगुनारायणमा कांग्रेस अगाडि

भक्तपुर । चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका जीवन खत्रीले एक हजार १३७ मतसहित अग्रता लिएका छन् । उनको प्रतिस्पर्धी नेकपा (एमाले)को बीणा बाँस्तोलाले हालसम्म एक हजार ५७ मत प्राप्त गरेका छन् । 

यस्तै उपप्रमुखतर्फ एमालेको रमेश बुढाथोकीले एक हजार १८२ मत र कांग्रेसकी सुभद्रा काफ्लेले एक हजार १०५ मत प्राप्त गरेका छन् । उक्त नगरको वडा नं १ मा कांग्रेसका सिजन कार्कीले १२ मतको अन्तरले एमालेका उम्मेदवारलाई हराउँदै कांग्रेसको प्यानल विजयी भएको छ ।

कार्कीले एक हजार २२५ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी एमालेको ईश्वर थापाले एक हजार २१३ मत प्राप्त गरेका थिए । कांग्रेसबाट विजयी हुने वडासदस्यमा गोविन्द श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, महिलामा मुना गुरुङ र दलित पूर्जा बर्देवा छन् । 

प्रतिक्रिया दिनुहोस