स्थानीय तह निर्वाचन

उदयपुरका मुख्य निर्वाचन अधिकृतकाे राजीनामा

सफल खबर संवाददाता

आइतबार, ०१ जेठ २०७९, १२ : ५४
उदयपुरका मुख्य निर्वाचन अधिकृतकाे राजीनामा

उदयपुर  । उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपक खनालले राजीनामा दिएका छन् । निर्वाचचनको काम नसकिँदै उनले स्वास्थ्यको कारण देखाएर राजीनामा दिएका हुन । उदयपुरको ९८ मतदानस्थल मध्ये त्रियुगा नगरपालिका–१२ जनप्रेमी आधारभुत विद्यालय पुरानो गाईघाटमा रहेको मतदान केन्द्रमा विवाद भएपछि मुख्य निर्वाचन अधिकृत तनावमा थिए । साेही कारणा राजीनामा दिएकाे हुनसक्ने स्थानीयकाे अनुमान छ । 

विवादपछि जनप्रेमी आधारभूत विद्यालयमा रहेकाे मतदान केन्द्रकाे मतदान स्थगित गरिएको थियो । स्थगित गरिएको ठाउँमा मतदान गर्न नसक्ने भन्दै मुख्य निर्वाचन अधिकृतले आयोग समक्ष राजीनामा दिएका हुन् ।

पानी परेपछि स्थगित मतदान प्रक्रिया पुन: सुचारु नगरेपछि विवाद भएको थियो । मतदानका लागि उम्मेदवारसहित एक हजारभन्दा बढी सर्वसाधारण लाइनमै थिए । तर, उनीहरुले मतदान गर्न नपाएपछि विवाद भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस