पूर्वमन्त्री राईलाई आयोगले गरायो सचेत

सफल खबर संवाददाता

सोमबार, १२ माघ २०८२, १५ : २८
पूर्वमन्त्री राईलाई आयोगले गरायो सचेत

धनकुटा । धनकुटामा निर्वाचन आचारसंहित उल्लंघन गर्ने एमाले उम्मेदवार राजेन्द्र कुमार राई मुख्य निर्वाचन अधिकृतको कार्यालयले सचेत गराएको छ ।

पूर्वमन्त्री समेत रहेका राईले आचारसंहिता विपरित पैसा बाँडेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो ।

राईले मतादातालाई प्रभावित गर्ने गरी धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं. १ सफाइटारकी ४५ वर्षिया तीर्थकुमारी राईलाई गत शुक्रबार गाउँमै पुगेर नगदसहित सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस