मुख्य जिल्ला निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत नियुक्त

सफल खबर संवाददाता

आइतबार, २० पुस २०८२, १९ : ०९
मुख्य जिल्ला निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य जिल्ला निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत नियुक्त गर्ने निर्णय गरेको छ।

आयोगको बैठकले प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनका लागि जिल्ला न्यायाधीश र नेपाल न्याय सेवाका उपसचिव तहका कर्मचारी गरी कूल १६५ जनालाई मुख्य जिल्ला निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका रूपमा नियुक्त गरेको कार्यवाहक आयोगले जनाएको छ । 

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ अनुसार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिएको हो। संविधान, यस ऐन तथा संघीय कानुनबमोजिम निर्वाचनसम्बन्धी कार्य सम्पादन गर्न वा गराउन आयोगले प्रत्येक जिल्लामा एक जना मुख्य निर्वाचन अधिकृत र प्रत्येक निर्वाचन क्षेत्रमा एक जना 

प्रतिक्रिया दिनुहोस