स्थानीय तह निर्वाचन : २० स्थानको अन्तिम नतिजा आउँदा एमाले ८ र कांग्रेस ७ ठाउँमा विजयी

सफल खबर संवाददाता

आइतबार, ०१ जेठ २०७९, ११ : ३३
स्थानीय तह निर्वाचन : २० स्थानको अन्तिम नतिजा आउँदा एमाले ८ र कांग्रेस ७ ठाउँमा विजयी

काठमाडौं । गत वैशाख ३० गते निर्वाचन भएका स्थानीय तहमध्ये हालसम्म २० वटाको अन्तिम परिणाम सार्वजनिक भएको छ । 

निर्वाचन आयोगका अनुसार हालसम्म मत गणना सकिएका २० वटा पालिकामध्ये ८ वटाको प्रमुख तथा अध्यक्षमा नेकपा एमाले, ७ वटाको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेस, ३ वटाको प्रमुख तथा अध्यक्षमा नेकपा ९माओवादी केन्द्र० र २ वटाको प्रमुख तथा अध्यक्षमा नेकपा ९एकीकृत समाजवादी०का उम्मेदवार विजयी भएका छन् । 

हाल मतगणना भएका स्थानहरुमध्ये पालिका अध्यक्ष तथा प्रमुखमा २६६ स्थानमा नेपाली कांग्रेस, १८३ स्थानमा नेकपा एमाले, १०९ स्थानमा माओवादी केन्द्र, १२ स्थानमा एकीकृत समाजवादी, २६ स्थानमा जनता समाजवादी पार्टी नेपाल, ६ स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल र २७ स्थानमा पार्टी तथा स्वतन्त्र उम्मेदावरको अग्रता रहेको छ । 

यस्तै, उपप्रमुख÷उपाध्यक्षको मतगणना सकिएका २० स्थानमध्ये ८ वटामा नेपाली कांग्रेस, ७ स्थानमा नेकपा एमाले, २ स्थानमा माओवादी केन्द्र, २ स्थानमा एकीकृत समाजवादी र एक स्थानमा अन्य उम्मेदवार विजयी बनेका छन् । 

प्रतिक्रिया दिनुहोस