खोटाङ : केपिलासगढी गाउँपालिका–२ र ३ मा नेकपा (एस) का  वडाध्यक्ष निर्वाचित

सफल खबर संवाददाता

आइतबार, ०१ जेठ २०७९, १० : २८
खोटाङ : केपिलासगढी गाउँपालिका–२ र ३ मा नेकपा (एस) का  वडाध्यक्ष निर्वाचित

खोटाङ । खोटाङका दुई वडामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वडाध्यक्ष चुनिएका छन् । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा मिलन राई र केपिलासगढी गाउँपालिका–३ बासपानीमा तुलाराम राई विजयी भएका हुन् ।

माओवादी केन्द्र र जसपासँगको गठबन्धनमा उनीहरु वडाध्यक्ष चुनिएका हुन् ।  खार्ताम्छामा दुई खुला सदस्य जसपाको र दुई सदस्य नेकपा एकीकृत समाजवादीका विजयी भएका छन् ।

बासपानीमा दुई खुला सदस्य माओवादी केन्द्रको र दलित महिला सहित दुई महिला सदस्य नेकपा एकीकृत समाजवादीको निर्वाचित भएका हुन् । खुला दुई सदस्य पनि महिला छन् । बासपानीमा वडाध्यक्ष पुरुष र चार सदस्य महिला भएका छन् ।

प्रतिक्रिया दिनुहोस