स्थानीय तह निर्वाचन

दशरथचन्द-१ मा एमाले र कांग्रेसकाे आलाेपालाे अग्रता

सफल खबर संवाददाता

शनिबार, ३१ बैशाख २०७९, १७ : ४८
दशरथचन्द-१ मा एमाले र कांग्रेसकाे आलाेपालाे अग्रता

बैतडी । दशरथचन्द नगरपालिकामा एक हजार ६ सय मत गणना भएको छ । जहाँ वडा नम्बर ११ को मत परिणाम सार्वजनिक भैसकेको छ भने अहिले वडा नम्बर १ को मतगणना जारी छ । 

वडा नम्बर १ मा वडा अध्यक्षका उम्मेदवार नेकपा एमालेका बिष्णु भट्टले सात सय १७ मत प्राप्त गर्दै अग्रता लिएका छन् । उनलाई नेपाली कांग्रेसका भुवनराज भट्टले सात सय १५ मत ल्याएर पछ्याउँदै छन् । बिष्णु र भुवन पालाेपालाे गरी अग्रता लिइरहेका छन् ।  

दशरथचन्दको नगर प्रमुखमा भने नेकपा एमालेका पुस्करराज जोशी(लख्खाभाइ) अग्रस्थानमा छन् । उनले अहिले एक हजार  एक सय ३५ मत प्राप्त गरेका छन् भने कांग्रेसका गजेन्द्र रावलले एक हजार नाै मत प्राप्त गरेका छन् । 

उपमेयरमा नेपाली कांग्रेसका कौशिला चन्दले एक हजार ६९ मत प्राप्त गरेकोमा एमालेका सरस्वती नेपालीले एक हजार १७ मत प्राप्त गरेकी छिन् । दशरथचन्द नगरपालिका-११ मा भने नेकपाएमालेका जयदत्त पन्त प्यानलसहित वडा अध्यक्षका विजयी भैसकेका छन् । 

प्रतिक्रिया दिनुहोस