स्थानीय तह निर्वाचन

एउटा वडाकाे मतगणना गर्न १२ घण्टा

सफल खबर संवाददाता

शनिबार, ३१ बैशाख २०७९, १५ : ००
एउटा वडाकाे मतगणना गर्न १२ घण्टा

मुगु । मुगुमा एउटा वडाको मात्रै मतगणना गर्न १२ घण्टाको समय लागेको छ । छायाँनाथ रारा नगरपालिका वडा नं १४ बामको मतगणना गर्न १२ घण्टा लागेको हो ।  मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुले शुक्रबार राति ११: ३० बजेको समयमा मतगणना सुरु गर्ने भने पनि राति २ बजेबाट मतगणना सुरु गरिएको थियो ।

तर, १२ घण्टा बितिसक्दा पनि १४ वडाको मतगणना सम्पन्न हुन सकेकाे छैन । राति २ बजे बाट सुरु भएको मतगणना हालसम्म ५९९ मत मात्र गणना भएको छ भने अझै २६८ मतगणना गर्न  बाँकी छ ।

प्रतिक्रिया दिनुहोस