स्थानीय तह निर्वाचन

काँग्रेस, एमाले विप्लव समूहलाई हराउँदै थवाङ ५ मा माओवादी प्यानलै विजयी

सफल खबर संवाददाता

शनिबार, ३१ बैशाख २०७९, ११ : २९
काँग्रेस, एमाले विप्लव समूहलाई हराउँदै थवाङ ५ मा माओवादी प्यानलै विजयी

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर ५ अध्यक्षमा नेपाली काँग्रेस,नेकपा एमाले, नेकपा विप्लव समहुका संयूक्त उम्मेदरवारलाई हराउँदै नेकपा माओवादी केन्द्रका प्यानलै विजयी भएको छ। 

काँग्रेस एमाले र विप्लव समुह सहितका संयूक्त उम्मेदवार बनेका काँग्रेसका लुकमन रोकामगरलाई हराउँदै माओवादी केन्द्रका गोबर्धन घर्तीको प्यानलै विजयी भएको हो। काँग्रेस,एमाले विप्लव समुहका रोकामगरले२९१ मत ल्याउँदा माओवादीका घर्ती ३९५ मत ल्याएर विजयी भएका हुन्। 

माओवादीका महिला सदस्य जुनसरी पुनले ४०२ मत,दलित महिला सदस्य रामकली विकले ४०३ मत, खुला सदस्य बुद्धिबहादुर घर्तीले ४०४ मत,खुला सदस्य मैते घर्तीले ४०० मत ल्याएका हुन्। थवाङको वडा नम्बर ५ तत्कालिन उवा गाविसमा पर्छ।

 थवाङ गाउँपालिका अध्यक्षमा माओवादीबाट ऋषिकेशव बुढामगर र उपाध्यक्षमा सर्मिला बुढा उम्मेदवार छन्। तीन पार्टीका सयूक्त उम्मेदवार विप्लव समुहका दलजित रोका र उपाध्यक्षमा रायनबहादुर रोका छन्।
 

प्रतिक्रिया दिनुहोस