काठमाडौं । मुस्ताङको सदरमुकाम घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार मोहनसिंह लालचन विजयी भएका छन् । एमालेका सञ्जयकुमार थकालीलाई २ मतको अन्तररले हराउँदै लालचन विजयी भएका हुन् ।
मुस्ताङका मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञावालीका अनुसार कांग्रेस उम्मेदवार लालचनले ७६० मत ल्याउँदा एमालेका थकालीले ७५८ मत मात्रै ल्याएका थिए ।
उपाध्यक्षमा कांग्रेसकी जमुना थापामगरले ६९३ मत पाएर जित हासिल गरिन् । उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी मिमकुमारी शेरचनले ६५८ मत पाइन् ।
घरपझोङ गाउँपालिकामा १३ र ५ नम्बर वडाका वडाध्यक्ष यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । तर, ३ नम्बर वडामा एमालेका खलेन्द्रप्रसाद थकाली र वडा नम्बर ४मा कांग्रेसका यमप्रसाद थकालीले जित हासिल गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ बैशाख २०७९, १० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटक लोभ्याउने मुस्ताङको ‘ढुम्बाताल’
मुस्ताङको स्याङमा उन्नत गाईपालन फस्टाउँदै
संरक्षणको पर्खाइमा मुस्ताङको सेकुङ ताल
मुस्ताङको कागबेनी स्नानस्थल जोखिमपूर्ण
मुस्ताङमा पुँजीगत खर्च निराशाजनक
मुस्ताङमा स्याउ कुहिएर क्षति बेहोर्नुपर्ने समस्या हट्यो