काठमाडौं । प्रेस काउन्सिल नेपालले मतदानको दिन निर्वाचन आचारसंहिताविपरितका सामग्री सम्प्रेषण गर्ने १८ सञ्चार माध्यमलाई कारबाही गरेको छ ।
आज निर्वाचन आचारसंहिताविपरित सामग्री सम्प्रेषण गर्ने १७ अनलाइन र एउटा टेलिभिजनलाई ती सामग्री तत्काल हटाइ क्षमाचायना गर्न निर्देशन दिएको थियो ।
ती मध्ये ८ वटा सञ्चार माध्यमले तत्काल सामग्री हटाएको प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए ।
सञ्चार माध्यमले भुलसुधार गरी क्षमायाचनासहित सम्प्रेषित सामग्री हटाउनु र गल्ति स्वीकार्ने तत्परता देखाउनु सकारात्मक भएको बोहराले बताए । ती सञ्चार माध्यमले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता पालनामा सजग रहने प्रतिबद्धतासमेत जनाएका छन् ।
तर केही सञ्चार माध्यमले मौखिकरुपमा भुलसुधारको प्रतिबद्धता जनाएपनि भुलसुधार गरेको भने पाइएन । त्यस्ता सञ्चार माध्यमबाट सम्प्रेषित सामग्रीमा काउन्सिलले विशेष अनुगमन जारी राखेको छ ।
काउन्सिलले आज अनुगमन गरेका विभिन्न सञ्चार माध्यममध्ये आचारसंहिता विपरितका सामग्री सम्प्रेषित गरेका सञ्चार माध्यमलाई तत्काल हटाउन पत्र र फोनमार्फत निर्देशन दिएको थियो ।
काउन्सिलले निर्वाचनको मौन अवधिभर ६५ सञ्चार माध्यमलाई कारबाही गरेको छ । यस्तै यो अवधिमा दर्ता/सूचीकरण नभएका १८ बेव पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारबाही भएको छ ।
अनुगमनका क्रममा सञ्चार माध्यमसँग आबद्धता रहेको नदेखिएका ४ वटा युट्युब च्यानललाई निर्वाचन आचारसंहिताविपरितका सामग्री सम्प्रेषण गरेका कारण अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी साइबर ब्युरोमा पत्राचार गरिएको सूचना अधिकारी बोहराले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० बैशाख २०७९, २१ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रत्यक्ष मतदानमा समानुपातिकभन्दा बढी मत बदर, कुल प्रतिशत घट्यो
देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न
१८ वर्षपछि ‘विप्लव’ले गरे मतदान
मुगुमा किरियापुत्रीले गरे मतदान
बालकोट पुगेर ओलीले गरे मतदान
राप्रपा अध्यक्ष लिङ्देनले गरे मतदान