काठमाडौं । प्रेस काउन्सिल नेपालले मतदानको दिन निर्वाचन आचारसंहिताविपरितका सामग्री सम्प्रेषण गर्ने १८ सञ्चार माध्यमलाई कारबाही गरेको छ ।
आज निर्वाचन आचारसंहिताविपरित सामग्री सम्प्रेषण गर्ने १७ अनलाइन र एउटा टेलिभिजनलाई ती सामग्री तत्काल हटाइ क्षमाचायना गर्न निर्देशन दिएको थियो ।
ती मध्ये ८ वटा सञ्चार माध्यमले तत्काल सामग्री हटाएको प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए ।
सञ्चार माध्यमले भुलसुधार गरी क्षमायाचनासहित सम्प्रेषित सामग्री हटाउनु र गल्ति स्वीकार्ने तत्परता देखाउनु सकारात्मक भएको बोहराले बताए । ती सञ्चार माध्यमले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता पालनामा सजग रहने प्रतिबद्धतासमेत जनाएका छन् ।
तर केही सञ्चार माध्यमले मौखिकरुपमा भुलसुधारको प्रतिबद्धता जनाएपनि भुलसुधार गरेको भने पाइएन । त्यस्ता सञ्चार माध्यमबाट सम्प्रेषित सामग्रीमा काउन्सिलले विशेष अनुगमन जारी राखेको छ ।
काउन्सिलले आज अनुगमन गरेका विभिन्न सञ्चार माध्यममध्ये आचारसंहिता विपरितका सामग्री सम्प्रेषित गरेका सञ्चार माध्यमलाई तत्काल हटाउन पत्र र फोनमार्फत निर्देशन दिएको थियो ।
काउन्सिलले निर्वाचनको मौन अवधिभर ६५ सञ्चार माध्यमलाई कारबाही गरेको छ । यस्तै यो अवधिमा दर्ता/सूचीकरण नभएका १८ बेव पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारबाही भएको छ ।
अनुगमनका क्रममा सञ्चार माध्यमसँग आबद्धता रहेको नदेखिएका ४ वटा युट्युब च्यानललाई निर्वाचन आचारसंहिताविपरितका सामग्री सम्प्रेषण गरेका कारण अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी साइबर ब्युरोमा पत्राचार गरिएको सूचना अधिकारी बोहराले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० बैशाख २०७९, २१ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पुल्चोकमा मतदान जारी, साढे १ बजेसम्म १७०० मत खस्यो
हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान
एक घण्टा बाँकी रहँदा ६१ प्रतिशत मतदान
मधेसमा उपनिर्वाचन : दुई बजेसम्म ५७ प्रतिशत मतदान
रुकुम पश्चिममा उपनिर्वाचन : सानीभेरी गाउँपालिका–५ मा ९५० मत खस्यो
हुम्लाको सर्केगाडमा ४० प्रतिशत मतदान