काठमाडौं । मकवानपुर जिल्लामा मतदान सकिएको छ । जिल्लामा रहेको १० वटै स्थानीय तहमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ ।
बिहान सात बजे शुरु भएको १० वटै पालिकाको मतदान सकिएको र मतपेटीका संकलन कार्य शुरु भएको मकवानपुरका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए ।
जिल्लामा दुई लाख ९४ हजार ९१९ मतदाता रहेका थिए । त्यसमध्ये प्रारम्भिक अनुमान अनुसार करिब ६५ प्रतिशत मतदान भएको उनले बताए । यद्यपी यकिन तथ्याङ्क भने आउन बाँकी नै रहेको शर्माले बताए ।
हेटौंडा उपमहानगरपालिकाको मतपेटिका संकलन भइरहेको र पानी परेका कारण केही ढिलाई भएकाले सर्वदलीय बैठकमा सहमति जुटेमा मत गणना भोलीबाट मात्रै हुने शर्माले बताए ।
यद्यपी सर्वदलीय बैठकको निर्णय अनुसार आज नै मतगणना शुरु हुन पनि सक्ने उनले बताए ।
स्थानीय तह निर्वाचनको लागि मकवानपुरमा ३ हजार २ सय जना सुरक्षाकर्मी परिचालन भएको थियो । १ हजार ४ सय ७३ जना म्यादी प्रहरी, ५ सय जना नेपाली सेना, ४ सय सशस्त्र प्रहरी र ९ सय जना नेपाल प्रहरी खटाइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० बैशाख २०७९, १९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा पदाधिकारीका लागि मतदान सुरू
रास्वपा केन्द्रीय सदस्यका लागि मतदान सकियो
रास्वपा महाधिवेशनमा गृहमन्त्री गुरुङद्वारा मतदान
प्रत्यक्ष मतदानमा समानुपातिकभन्दा बढी मत बदर, कुल प्रतिशत घट्यो
देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न
१८ वर्षपछि ‘विप्लव’ले गरे मतदान