काठमाडौं । मकवानपुर जिल्लामा मतदान सकिएको छ । जिल्लामा रहेको १० वटै स्थानीय तहमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ ।
बिहान सात बजे शुरु भएको १० वटै पालिकाको मतदान सकिएको र मतपेटीका संकलन कार्य शुरु भएको मकवानपुरका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए ।
जिल्लामा दुई लाख ९४ हजार ९१९ मतदाता रहेका थिए । त्यसमध्ये प्रारम्भिक अनुमान अनुसार करिब ६५ प्रतिशत मतदान भएको उनले बताए । यद्यपी यकिन तथ्याङ्क भने आउन बाँकी नै रहेको शर्माले बताए ।
हेटौंडा उपमहानगरपालिकाको मतपेटिका संकलन भइरहेको र पानी परेका कारण केही ढिलाई भएकाले सर्वदलीय बैठकमा सहमति जुटेमा मत गणना भोलीबाट मात्रै हुने शर्माले बताए ।
यद्यपी सर्वदलीय बैठकको निर्णय अनुसार आज नै मतगणना शुरु हुन पनि सक्ने उनले बताए ।
स्थानीय तह निर्वाचनको लागि मकवानपुरमा ३ हजार २ सय जना सुरक्षाकर्मी परिचालन भएको थियो । १ हजार ४ सय ७३ जना म्यादी प्रहरी, ५ सय जना नेपाली सेना, ४ सय सशस्त्र प्रहरी र ९ सय जना नेपाल प्रहरी खटाइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० बैशाख २०७९, १९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तरी गोरखाको चुमनुब्रीमा पुन: निर्वाचन गर्न माग गर्दै निर्वाचन आयोगमा पत्र
भारत र नेपालको सम्बन्ध हिमालजस्तै अटल छ: मोदी
मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रधानमन्त्री देउवा
अरुण जलविद्युत-४ आयोजना निर्माणकाे एमओयूमा हस्ताक्षर
लुम्बिनीमा माेदीले दिनभर के गर्दैछन् ?
भगवान बुद्धले हामी सबैको कल्याण गरुन् : मोदी