काठमाडौं । देशभर आज एक साथ स्थानीय तहको निर्वाचन भएको छ । निर्वाचन आयोगले मत दिनका लागि तोकेको बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्मको अवधि सकिएको हो । तर उक्त अवधिमा मतदान केन्द्रमा पुगेका मतदातालाई भने मत हाल्न दिइएको आयोगले जनाएको छ ।
देशका कतिपय मतकेन्द्रमा बिबाद हुँदा स्थगित भएको छ र कतिपय स्थानमा मतदान गराउने प्रयास जारी रहेको निर्वाचन आयोगले जनाएको छ । मतदान सम्पन्न भएसँगै मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने कार्य भइरहेको आयोगले जनाएको छ ।
धेरै स्थानमा आजै मतगणना थाल्ने तयारी आयोगको छ। मतगणना सुरु हुन अघि सर्वदलीय बैठक बस्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० बैशाख २०७९, १८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगर अपडेट : विजय सुवेदीलाई १२ मतले उछिन्दै रेनु दाहालले लिइन् अग्रता
अजयमेरुको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी
भरतपुर महानगर अपडेट: रेनु दाहाललाई ४१ मतले उछिन्दै विजय सुवेदीले लिए अग्रता
दिनभर लुम्बिनीमा बिताएर भारतीय प्रधानमन्त्री मोदी फर्के
काठमाडौँमा मतान्तर बढाउँदै बालेन्द्र, दोस्रो स्थानका स्थापित ३५ सय मतले पछि
काठमाडौं महानगरको मतगणनामा भइरहेको ढिलाइप्रति आयोगको ध्यानाकर्षण