स्थानीय तह निर्वाचन

रुपन्देहीमा खस्यो ७० प्रतिशत मत

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, १७ : ४९
रुपन्देहीमा खस्यो ७० प्रतिशत मत

रुपन्देही । रुपन्देहीमा साँझ पाँच बजेसम्म ७० प्रतिशत मत खसेको छ । 

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीका अनुसार जिल्लाका २ सय ७ मतदान केन्द्रबाट ७० प्रतिशत मत खसेको हो । यद्यपि पाँच बजेसम्म मतदानस्थलभित्र प्रवेश गरेकाहरूले मतदान गर्न पाउने भएकाले प्रतिशत केही बढ्न सक्ने छ ।

जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको भण्डारीले जानकारी दिए । निर्वाचन कार्यालयले सर्वदलीय बैठक बसेर आजैदेखि मतगणना थाल्ने तयारी गरेको छ । रुपन्देहीका १६ स्थानीय तहको मतपेटिका संकलन गरिसकेपछि मतगणना सुरु गर्ने गरी तयारी थालिएको छ ।

प्रतिक्रिया दिनुहोस